राष्ट्रपति भण्डारीलाई आइल्याण्डमा ‘डब्ल्युपीएल ट्रेलब्लेजर अवार्ड’ प्रदान | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

राष्ट्रपति भण्डारीलाई आइल्याण्डमा ‘डब्ल्युपीएल ट्रेलब्लेजर अवार्ड’ प्रदान

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीलाई आइसल्याण्डको रेक्जाभिकमा ‘डब्ल्युपीएल ट्रेलब्लेजर अवार्ड’ प्रदान गरिएको छ । उनलाई रोक्जाभिक ग्लोबल फोरममा वमन पोलिटिकल लिडर्सकी अध्यक्ष तथा संस्थापक र युरोपेली संसदकी पूर्वउपाध्यक्ष सिल्भाना–कोच मेहरिनले उक्त अवार्ड प्रदान गरेकी हुन् । अवार्ड प्रदान कार्यक्रममा आइसल्याण्डका प्रधानमन्त्री क्याट्रिन ज्याकोब्सडटिर र आइसल्याण्डका पूर्वराष्ट्रपति भिग्डिस फिनबोगाडोटिर पनि उपस्थित रहेका थिए । राष्ट्रपति भण्डारीले आफूले प्राप्त गरेको उक्त अवार्ड लैङ्गीक सशक्तिकरण र समावेशीकरणकालाई नेपालले अहिलेसम्म हासिल गरेका उपलब्धिहरुका लागि योगदान पुर्याएका नेपाली महिलाहरुमा समर्पित गरेकी छन् ।

अवार्ड ग्रहण गरेपछि राष्ट्रपति भण्डारीले लैङ्गीक सशक्तिकरणमा नेपाल को प्रगति र प्रतिबद्धता र यस क्षेत्रमा थप प्रगति गर्न नेपाल प्रतिबद्ध रहेको बताएकी थिइन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);