राष्ट्रपति भण्डारी स्वदेश फिर्ता | ईमाउण्टेन समाचार

Our Network

असार २७ २०८३, आइतबार

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान स्वदेश फर्किएकी छन् । महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स’ कार्यक्रममा सहभागी हुन २१ कात्तिकमा आइसल्याण्ड पुगेकी भण्डारी स्वदेश फर्किएकी हुन्।राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतले स्वागत गरेका थिए ।

भण्डारीले आइसल्याण्डको राजधानी रेक्याभिकमा आयोजना भएको ‘रेक्याभिक ग्लोबल फोरम’मा सम्बोधनसमेत गरेकी थिइन् । उनले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’समेत ग्रहण गरेकी थिइन् ।

 

Leave a Reply