नेपालको दुई दिने सदभाव भ्रमण सकेर सुष्मा स्वदेश फिर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेपालको दुई दिने सदभाव भ्रमण सकेर सुष्मा स्वदेश फिर्ता

काठमाडौं, १९ माघ । दुई दिने सद्भाव भ्रमणमा नेपाल आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराज स्वदेश फर्किएकी छन् ।  बिहीबार अपरान्ह विशेष विमानबाट काठमाण्डौ आएकी भारतीय विदेशमन्त्री स्वराज राजनीतिक भेटघाट सकेर शुक्रबार अपरान्ह स्वदेश फर्केकी छन् ।

स्वराजले काठमाडौं आउनासाथ बिहीबार होटल सोल्टीमा भावी सरकारका प्रधानमन्त्रीका रुपमा हेरिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग भेटवार्ता गरेकी थिइन् । स्वराज र ओलीबीच झण्डै ४५ मिनेट ‘वान टु वान’ भेट भएको थियो ।

लगत्तै स्वराजले एमाले नेताहरुसँग पनि सामूहिक भेट गरेकी थिइन् । एमालेले बिहीबार सांझ स्वराजलाई होटल सोल्टीमा रात्रीभोज दिएको थियो । स्वराजले शुक्रबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग होटल सोल्टीमा छुट्टा छुट्टै भेट गरेकी थिइन् ।

त्यसलगत्तै राष्ट्रपति भण्डारीलाई भेट्न उनी शितलनिवास पुगेकी थिइन् । त्यसपछि बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी उनी आजै स्वदेश फिर्ता भएकी छन् । प्रधानमन्त्री देउवाले स्वदेश फर्कनु अघि भारतीय विदेशमन्त्री स्वराजलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिवाभोज दिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);