देउवा स्वराज भेटवार्ता : 'चुनाव सम्पन्न गराएकोमा बधाई' | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

देउवा स्वराज भेटवार्ता : ‘चुनाव सम्पन्न गराएकोमा बधाई’

काठमाडौं, १९ माघ । दुई दिने सदभाव भ्रमणमा नेपाल आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेकी छन् ।

प्रधानमन्त्री देउवा र स्वराजबीच बालुवाटारमा शुक्रबार भएको भेटमा नेपाल–भारत सम्बन्धका विषयमा छलफल भएको छ । यसको साथै दुइ देशबीचको पारस्परिक हितका विषयमा पनि छलफल भएको प्रधानमन्त्री देउवाका परराष्ट्र सल्लाहकार डा. दिनेश भट्टराईले जानकारी दिए ।

स्थानीय तह, प्रदेसभा र संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा सुष्माले प्रधानमन्त्री देउवालाई बधाई दिएकी छन् । यसको साथै सुष्माले नेपालमा लोकतन्त्र संस्थागत होस् भनी शुभकामना समेत दिएको परराष्ट्र सल्लाहकार डा. भट्टराईले बताए ।

बिहीबार अपरान्ह विशेष विमानबाट काठमाण्डौ आएकी स्वराजले यहाँ आउनासथ बिहीबार होटल सोल्टीमा भावी सरकारका प्रधानमन्त्रीका रुपमा हेरिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग भेटवार्ता गरेकी थिइन् । स्वराज र ओलीबीच झण्डै ४५ मिनेट ‘वान टु वान’ भेट भेटवार्ता भएको थियो ।

लगत्तै स्वराजले एमाले नेताहरुसँग पनि सामूहिक भेट गरेकी थिइन् । एमालेले बिहीबार सांझ स्वराजलाई होटल सोल्टीमा रात्रीभोज दिएको थियो । स्वराजले शुक्रबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग होटल सोल्टीमा छुट्टा छुट्टै भेट गरेकी थिइन् ।

त्यसलगत्तै राष्ट्रपति भण्डारीलाई भेट्न उनी शितलनिवास पुगेकी थिइन् । त्यसपछि बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी उनी आजै स्वदेश फिर्ता भएकी छन् । प्रधानमन्त्री देउवाले स्वदेश फर्कनु अघि भारतीय विदेशमन्त्री स्वराजलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिवाभोज दिएका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);