भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौंमा | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०७९, बिहीबार

भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौंमा

काठमाडौं, १८ माघ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज दुई दिने भ्रमणका लागि आज काठमाडौं आएकी छन् । विदेशमन्त्री स्वराजको साथमा विदेश सचिव विजयशेखर गोखले र अन्य उच्च अधिकारी पनि साथमा आएका छन् ।

उनी विशेष विमानबाट अपरान्ह  त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल ओर्लिएकी हुन् । काठमाडौं आएलगत्तै स्वराजले एमाले अध्यक्ष केपी शर्मा ओली र राजपा नेपालका नेताहरुसँग अलग-अलग रुपमा भेटवार्ता गर्ने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसैगरी स्वराजले नेपाल बसाइका क्रममा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरवहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष सन्देश लिएर काठमाडौं आएकी हुन् । स्वराजको नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।