प्रदेश नम्बर ३ बाट प्रदेशसभा बैठकको सुरुवात | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्रदेश नम्बर ३ बाट प्रदेशसभा बैठकको सुरुवात

pradesh-3

काठमाडाैं, १८ माघ । मुलुकमा संघीयता व्यवहारमै कार्यान्वयन भएपछि प्रदेश सभाको ऐतिहासिक बैठक सुरु भएको छ । प्रदेश नम्बर ३ बाट प्रदेशसभा बैठकको सुरुवात भएको हो । जेष्ठ सदस्य डोरमणि पौडेलको अध्यक्षतामा आज बसेको पहिलो बैठकले प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्यविधि (२०७४) पारित गर्दै सभामुख चयनका लागि माघ २७ गतेको मितिसमेत तोकेको छ ।

प्रदेश नम्बर ३ को अस्थायी राजधानी हेटौंडामा बसेको प्रदेशसभाको पहिलो बैठकले प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्यविधि (२०७४) सर्वसम्मतीले पारित गर्यो । प्रदेशसभा सञ्चालनका कार्यविधि नबनेसम्म यही अन्तरिम कार्यविधि लागू हुनेछ । यस अघि प्रदेश प्रमुख अनुराधा कोइरालाले अधिवेशन आह्वान गर्नुभएकोे पत्र पढेर बैठक सुरुवात गरिएको थियो ।

कुल १ सय १० सदस्य रहेको प्रदेशसभाको पहिलो बैठकमा प्रदेश संसदमा प्रतिनिधित्व गर्ने ८ वटै दलका प्रतिनिधिले धारणा व्यक्त गरे । प्रदेश नम्बर ३ मा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, विवेकशील साझा पार्टी, नेमकिपा, नयाँ शक्ति पार्टी, राप्रपा र राप्रपा प्रजातान्त्रिकको प्रतिनिधित्व छ ।

बैठकमा कसले के भने ?

बैठकमा धारणा राख्ने क्रममा दलका सांसदहरुले जनादेश बमोजिम स्थायित्व र सुशासनका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए । नेकपा एमालेकी सांसद अष्टलक्ष्मी शाक्यले जनताले राजनीतिक स्थिरता, समृद्धि, सुशासन र न्यायका लागि जनादेश दिएकाले इमान्दारिता र जवाफदेहिताका साथ अघि बढ्नुपर्नेमा जोड दिइन् ।

नेकपा माओवादी केन्द्रका शालिकराम जम्मरकट्टेलले मुलुकको परिवर्तनका लागि पटक–पटक भएका आन्दोलन र प्राप्त उपलब्धिको रक्षा गर्दै आर्थिक विकासका लागि एकजुट हुनुपर्ने बताए ।

नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँले प्रदेशको राजधानी हेटौंडाबाट अन्यत्र लैजाने प्रयास नगर्न चेतावनी दिए । प्रदेश राजधानी सार्न खोजे आन्दोलन हुने र संघीयतामाथि नै प्रश्न उठ्ने उनको भनाइ छ । प्रदेशलाई सम्बृद्ध बनाउन बहुमतका आधारमा निर्णय लाद्ने भन्दै सबैलाई समेटेर अघि बढ्नुपर्नेमा उनको जोड थियो ।

त्यस्तै विवेकशील साझा पार्टीका रमेश पौडेलले सहभागितामूलक लोकतन्त्रलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए । नेपाल मजदुुर किसान पार्टीका सुरेन्द्रराज गोसाईंले प्रदेशहरुबीचको आपसी सम्बन्ध विस्तार गर्दै क्षेत्रीय र जातीय नारा भन्दा सन्तुलित विकास अबको गन्तव्य हुनुपर्ने बताए । त्यस्तै सांसदहरुले संघीयतालाई मुलकले थेग्न नसक्ने हो की भन्ने शंका हटाउने गरी काम गर्नुपर्नेमा जोड दिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);