प्रदेश नम्बर ५ को पहिलो प्रदेशसभा बैठक सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

प्रदेश नम्बर ५ को पहिलो प्रदेशसभा बैठक सम्पन्न

बुटवल, २१ माघ । प्रदेशसभाको अन्तरिम कार्यसञ्चालन कार्यविधि पारित गर्दै प्रदेश नम्बर ५ को पहिलो प्रदेशसभा बैठक फागुन २ गते बस्ने गरी स्थगित भएको छ ।

जेष्ठ सदस्य वलदेब शर्मा पोखरलेको अध्यक्षतामा आज बसेको प्रदेशसभाको पहिलो बैठकले प्रदेशसभाको अन्तरिम कार्यसञ्चालन कार्यविधि पारित, सभाअध्यक्षको समिति चयन र सभामुखको निर्वाचनको मिति तोकेको छ । बैठकले सभामुख र उपसभामुख नहँुदा संसद सञ्चालनका लागि ५ सदस्यीय समिति गठन गरेको हो । समितिमा नेकपा एमालेका कमलराज श्रेष्ठ, नेकपा माओवादी केन्द्रका दधीराम न्यौपाने, नेपाली कांग्रेसका अष्टभूजा पाठक र राष्ट्रिय जनमोर्चाका तारा जिसी रहेका छन् ।

त्यस्तै बैठकले सभामुखको निर्वाचनका लागि फागुन २ गतेको मिति तोकिएको छ । बैठकको सुरुमा जेष्ठ सदस्य पोखरेलले प्रदेशसभा आह्वान सम्बन्धी प्रदेश प्रमुख उमाकान्त झाको पत्र पढेर सुनाएका थिए । आजको बैठकमा ६ वटा दल नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राजपा र राष्ट्रिय जनमोर्चाका एक–एक सदस्यले सम्बोधन गरेका थिए । बाँके, बर्दिया, दाङ, रुकुम पूर्व, रोल्पा, प्युठान, गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी पूर्व र कपिलबस्तु जिल्ला रहेको यस प्रदेशमा प्रत्यक्ष र समानुपातिक पद्धतितर्फबाट गरी ८७ सांसद निर्वाचित भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);