प्रदेश नम्बर २ मा सभामुखको निर्वाचन फागुन २ गते हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

प्रदेश नम्बर २ मा सभामुखको निर्वाचन फागुन २ गते हुने

जनकपुरधाम, २१ माघ । प्रदेश नम्बर २ मा प्रदेशसभा सभामुखको निर्वाचन आगामी फागुन २ गते हुने भएको छ ।

आज जनकपुरधाममा बसेको दुई नम्बर प्रदेशको पहिलो बैठकले फागुन २ गतेका लागि सभामुखको निर्वाचनको मिति तोकेको हो । जेष्ठ सदस्य लगनलाल चौधरीको अध्यक्षतामा बसेको बैठकमा संघीय समाजवादी फोरमका लालबाबु राउत, राजपाका जितेन्द्र सोनल, कांग्रेसका रामसरोज यादव, माओवादी केन्द्रका भरत साह, एमालेका शत्रुघन महतो र सत्य नारायण मण्डल, समाजवादी पार्टी, नेपालकी सावित्री देवी साह र स्वतन्त्र सांसद शेख अब्दुल कलाम आजादले सम्वोधन गरेका थिए ।

अधिकांश सांसादहरुले प्रदेश २ लाई सम्बृद्ध बनाउनुपर्ने र मधेसमा रहेको अशिक्षा, गरिबी अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । प्रदेश नम्बर दुईको अर्को बैठक माघ २९ गते बस्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);