प्रदेश नम्बर ४ को सभामुखको निर्वाचन फागुन ३ गते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

प्रदेश नम्बर ४ को सभामुखको निर्वाचन फागुन ३ गते

pradesh4

पोखरा, २२ माघ । प्रदेश नम्बर ४ मा प्रदेशसभाको सभामुख चयनका लागि फागुन ३ गते निर्वाचन हुने भएको छ ।

पोखरास्थित नगर विकास प्रशिक्षण केन्द्रमा आज बसेको प्रदेशसभाको पहिलो बैठकले फागुन ३ गतेका लागि सभामुख निर्वाचनको मिति तय गरेको हो । ४ नम्बर प्रदेशसभामा वाम गठबन्धनको स्पष्ट बहुमत छ । वाम गठबन्धनमा भएको भागवण्डामा मुख्यमन्त्री एमाले र सभामुख माओवादी केन्द्रको भागमा परेको छ ।

प्रदेशसभाको बैठकले अन्तरिम कार्यविधि पारित गरेको छ भने सभामुखको अनुपस्थितिमा सभा सञ्चालनका लागि समिति गठन गरेको छ ।पहिलो बैठकमा बोल्ने अधिकांश सांसदहरुले प्रदेश ४ लाई सम्बृद्ध प्रदेश बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

त्यस्तै १ नम्बर प्रदेशको प्रदेशसभा बैठक जारी छ । जिल्ला समन्वय समितिको सभाहलमा जारी बैठकको अध्यक्षता जेष्ठ सदस्य ओमप्रकाश सरावगीले गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);