स्वास्थ्य सेवा गुणस्तरीय बनाउन देउवाको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

स्वास्थ्य सेवा गुणस्तरीय बनाउन देउवाको निर्देशन

काठमाडौं, २२ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन् ।

सोमबार काठमाडौंमा आयोजित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिएका हुन् । उनले प्रतिष्ठानको समस्या समाधान गर्न आवश्यक सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे । सरकारले स्वास्थ्य क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिएको उनको भनाई थियो ।

बैठकले चालू आर्थिक वर्षका लागि ७८ करोड बजेट पारित गरेको छ । प्रतिष्ठानको बहुवर्षीय योजना अन्तर्गत १३ अर्ब ४५ करोड बजेट आवश्यक पर्ने अनुमान गरिएको छ । बैठकले ऐनको व्यवस्था अनुसार राप्ती उपक्षेत्रीय अस्पताल प्रतिष्ठानको मातहतमा आउने हुँदा सम्पूर्ण प्रशासनिक आर्थिक अधिकारलगायत चल-अचल सम्पत्ति प्रतिष्ठानलाई हस्तान्तरण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);