मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक कार्यक्रममा ७५ प्रतिशत सिटमा छात्रवृत्ति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक कार्यक्रममा ७५ प्रतिशत सिटमा छात्रवृत्ति

हेटौंडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गर्ने शैक्षिक कार्यक्रममा ७५ प्रतिशत सिटमा छात्रवृत्तिको व्यवस्था गरिने भएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिष्ठानले सञ्चालन गर्ने शैक्षिक कार्यक्रमको ७५ प्रतिशत सिटको लागि निःशुल्क छात्रवृत्तिका लागि स्रोतको सुनिश्चत गर्ने निर्णय गरेको हो ।

प्रतिष्ठानले चालु आर्थिक वर्षबाटै तीन किसीमको शैक्षिक कार्यक्रम सञ्चालनको तयारी गरेको थियो । यस्तै, मन्त्रिपरिषद् बैठकले विद्युतीय माध्यमबाट यातायात क्षेत्रको सेवाप्रवाह तथा राजश्व भुक्तानी नियमावली, २०७८ स्वीकृत गरेको सरकारका प्रवक्ता तथा आर्थिक मामिला मन्त्री कैलाशप्रसाद ढुंगेलले जानकारी दिए ।

यसैगरी प्रदेशभित्र कोभिड–१९ रोकथाम नियन्त्रणको लागि सरोकारवालासँग छलफल गरी विकास बजेट जे जति भए पनि प्रथामिकतामा राखेर आवश्यकता अनुसार तल्लो तहसम्म बजेट परिचालन गर्ने निर्णय भएको छ ।

प्रदेश सरकारको व्यवस्थापनमा आएको ५ अस्पतालको सञ्चालन खर्च र स्वास्थ्य संस्था निर्माण गर्नका लागि बजेट व्यवस्थापन गर्ने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);