उपत्यकाको निषेधाज्ञा एक साता थपियो, पैदल यात्रु र साईकलसमेत हिड्न नपाउने | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

उपत्यकाको निषेधाज्ञा एक साता थपियो, पैदल यात्रु र साईकलसमेत हिड्न नपाउने

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याइने भएको छ । मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले उपत्यकामा लगाइएको निषेधाज्ञा थप कडाइसाथ थप एक साता लम्ब्याउने निर्णय गरेको हो । सो निर्णय अनुसार उपत्यकामा बैशाख २९ गतेसम्म निषेधाज्ञा जारी हुने छ ।

यसअघि काठमाडौं उपत्यकाका तीन वटै जिल्लामा गएको १६गतेबाट एक साताका अर्थात भोलि राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो ।

यसैक्रममा थपिएको निषेधाज्ञाको समयमा बिहान दुई घण्टा मात्र पसलहरु खोल्न दिने निर्णय गरिएको छ । निर्णय अनुसार खाद्य पसलहरु बिहान ७ बजेदेखि ९ बजेसम्म मात्र खोल्न पाइने छ ।

त्यसैगरी, विवाहका लागि सवारी पास आवश्यक नपर्ने र दुरी कायम गरि गर्ने गरी साविककै व्यवस्थालाई निरन्तरता दिईएको तथा खाद्यान्न, अत्यावश्यक वस्तु, औषधि लगायतलाई पासको व्यवस्था गरी सञ्चालन हुने व्यवस्था मिलाउने निर्णय बैठकले गरेको छ ।

पत्रकार तथा संञ्चारकर्मीलाई सूचना विभागको प्रेस पासको आधारमा आवातजावतमा सहजीकरण गर्ने, सम्बन्धित संचारगृहरुले न्यूनतम कर्मचारीहरु मात्र खटाउने र सो को विवरण जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराउन भनिएको छ ।

मृत्यु संस्कार र विरामी लिएर जिल्ला बाहिर जानुपर्ने अवस्था लगायतका अत्यावश्यक कार्यका लागि जिल्ला प्रशासन कार्यालयले सहजीकरण गर्ने व्यवस्था मिलाईएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);