उपत्यकामा जारी निषेधाज्ञा अझै १० दिन थप, पसल व्यवसाय साँझ ७ बजेसम्म खोल्न पाइने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

उपत्यकामा जारी निषेधाज्ञा अझै १० दिन थप, पसल व्यवसाय साँझ ७ बजेसम्म खोल्न पाइने

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा अझै १० दिनका लागि थप गरिएको छ । काठमाडौं उपत्यकाका तीनै जिल्ला प्रमुख जिल्ला अधिकारीहरुको बिहीबार बसेको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

गएको बैशाख १६ गतेबाट काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई विभिन्न समयमा मोडालिटी परिवर्तन हुँदै हालसम्म कायम रहेको छ । आज राति १२ पछि निषेधाज्ञाको अवधि सकिने भएपछि सिडिओहरुले आज बैठक बसी थप १० दिनका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

आजको निर्णयअनुसार औषधि तथा स्वस्थ्य सामाग्री सम्बन्धी पसलहरु जुनसुकै बेलामा पनि खुल्ला गर्न सकिन्छ ।

त्यसबाहेकका पसल व्यवसायहरू भने स्वस्थ्य मापदण्ड पालन गरी साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न पाइनेछन् । यसअघि यी पसल तथा व्यवसायहरुलाई ६बजेसम्म मात्र खोल्न अनुमति दिएको थियो ।

अत्यावश्यक वस्नुहरुको अनलाईन अर्डर, रेष्टुरेण्ट एवं फास्टफुड तथा अन्य अर्डरहरु टेक अवे वा होम डेलिभरीका लागि बेलुकी ७ बजेसम्मका लागि अनुमति दिइएको छ ।

अत्यावश्यक काम विशेषले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारी साधनरुलाई आवतजावत गर्न दिइने भए पनि लामो दूरीका सवारी साधन सञ्चालनका लागि भने अझै अनुमति दिइएको छैन ।

सार्वजनिक तथा निजी निर्माण कार्यको लागि निर्माण सामग्री ढुवानीका लागि भने बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);