उपत्यकामा जारी निषेधाज्ञा थप ७ दिन लम्ब्याइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

उपत्यकामा जारी निषेधाज्ञा थप ७ दिन लम्ब्याइयो

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप ७ दिन लम्ब्याइएको छ ।

काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी सीडीओहरुको सोमबार बसेको बैठकले उपत्यकामा जारी निषेधाज्ञा थप ७ दिन लम्ब्याउने निर्णय गरेको हो । यसअघि साउन १० गतेबाट थप गरिएको निषेधाज्ञाको समय बुधबार राति १२ बजे सकिँदैछ । आज बसेको बैठकले साउन २७ गतेसम्म निषेधाज्ञा लम्ब्याएको हो ।

निषेधाज्ञा ७ दिन लम्बिए पनि सबै निर्णयहरु साबिकको आदेशबमोजिम नै रहेको तर थप कडाइका साथ लागु गरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए ।

यसअघि जस्तै निषेधाज्ञामा कुनै पनि प्रकारका सभा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस लगायतका भिडभाड हुने कार्यक्रमहरुमाथिको निषेध यथावत रहेको छ ।

खुला स्थानमा मानिसहरू भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोज गर्न नपाइने पनि निर्णयमा उल्लेख गरिएको छ । शैक्षिक संस्थाहरूको हकमा पनि अहिले भौतिक उपस्थितिमा पठनपाठनमा लगाएको रोक पनि यथावत नै रहेको छ । स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपरान्ह ४ देखि ७ बजेसम्म सञ्चालन गर्न पाइने छैन। रेष्टुरेन्ट तथा फास्टफुड, अनलाइन अर्डर र टेकअवेका सेवाहरुलाई पनि साँझ ७ बजे सम्मलाई अनुमति दिइएको छ ।

औषधि तथा स्वास्थ्य सामाग्रीका पसलहरू जुनसुकै समयमा सञ्चालन गर्न पाइने छ भने अन्य पसल तथा व्यवसायहरु साँझ ७ बजेसम्म सञ्चालन गर्न अनुमति दिइएको छ । बाहेक अरू पसल तथा व्यवसायहरू साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न पाइनेछन्।

यसअघिको चरणमा निषेध गरिएका लामो तथा मध्यम दुरीका सवारीसाधनहरु भने गृहमन्त्रालयको निर्देशन पछि शनिबारबाट सञ्चालनमा आएका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);