उपत्यकामा जारी निषेधाज्ञा एक साता थप, खाद्यान्न र तरकारी पसल बिहान ११ बजेसम्म खुल्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

उपत्यकामा जारी निषेधाज्ञा एक साता थप, खाद्यान्न र तरकारी पसल बिहान ११ बजेसम्म खुल्ने

पुस्तक र हार्डवेयर पसल पनि खुल्ने

काठमाडाैं । काठमाडाैं उपत्यकामा एक साता निषेधाज्ञा थप गरिएको छ । जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो ।

आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले थप एक साताका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको काठमाडाैं जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

थप गरिएको निषेधाज्ञामा केही प्रावधान भने खुकुलो पारिएको छ । खाद्यान्न पसल ११ बजेसम्मका लागि खोल्न पाइने भएको छ । त्यस्तै अनलाइन डेलिभरी, पुस्तक पसल बिहान ११ बजेसम्मका लागि खुल्ला, हार्डवेयर पसल अपरान्ह ४ बजेपछि खोल्न पाइने, कृषि कार्य सञ्चालन गर्न दिने, भिसा लिनका लागि सहजिकरण गर्ने जस्ता कुरामा खुकुलो पारिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);