माओवादी नेता पाण्डेयको हत्यामा प्रयोग गरिएको पेस्तोलसहित एकजना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

माओवादी नेता पाण्डेयको हत्यामा प्रयोग गरिएको पेस्तोलसहित एकजना पक्राउ

pakrau

कपिलवस्तु । नेकपा माओवादी केन्द्रका युवा नेता दिपक पाण्डेयको हत्यामा प्रयोग गरिएको पेस्तोलसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । कपिलवस्तु नगरपालिका २ आनन्दवागकैलाश टोलबाट प्रहरीले हतियार सहित स्थानीय ३३ वर्षीय पूर्णवीर पाल्पालीलाई पक्राउ गरेको हो ।

जेठ ५ गते नेता पाण्डेय माथि कपिलवस्तु नगरपालिका २ का ३३ वर्षीय शाकिर अली पखियाले गोली प्रहार गरी सो हतियार पूर्ण वीरलाई राख्न दिएको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका पूर्णवीरको घरबाट कटुवा पेस्तोल र दुई राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।

नेता पाण्डेयमाथि गोलीप्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले यसअघि कपिलवस्तु नगरपालिका १ का ३९ वर्षीय ओम प्रकाश यादव र कपिलवस्तु नगरपालिका २ का ३३ वर्षीय शाकिर अलिपखियालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);