चिकित्सक संघद्धारा धौलागिरीका तीन जिल्लालाई अक्सिजन कन्सन्ट्रेटेड प्रदान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

चिकित्सक संघद्धारा धौलागिरीका तीन जिल्लालाई अक्सिजन कन्सन्ट्रेटेड प्रदान

धौलागिरी। नेपाल चिकित्सक संघले धौलागिरी क्षेत्रका तीन जिल्लालाई अक्सिजन, कन्सन्ट्रेटेड लगायतका स्वास्थ्य समाग्री प्रदान गरेको छ । संघले बाग्लुङ, पर्वत र म्याग्दीका लागि १२-१२ थानका दरले अक्सिजन, कन्सन्ट्रेटेड लगायतका समाग्री प्रदान गरेको हो ।

तीनवटै जिल्लाका लागि अक्सिजन कन्सन्ट्रेटेडको साथमा पीपीई र अन्य स्वास्थ्य सामाग्री स्वास्थ्य मन्त्रालयका प्रमुख सल्लाहकार प्रताप पौडेलमार्फत पठाइएको हो । बाग्लुङ १२, म्याग्दीमा १२ पर्वतमा १२ थान कन्सन्ट्रेटेड सहित करिब ३५ लाख बराबरको स्वास्थ्य सामग्री पठाइएको मन्त्रालयले जनाएको छ।

कोरोना संक्रमण दोस्रो लहरको महामारी बढ्दै गएको अवस्थामा अस्पताल र स्वास्थ्य संस्थालाई केही राहत होस् भन्ने उद्देश्यले चिकित्सक संघसँगको आग्रहमा धौलागिरी क्षेत्रमा कन्सन्ट्रेटेड स्वास्थ्य सामग्री पठाइएको पौडेलले बताए ।

बाग्लुङका लागि ल्याइएको अक्सिजन कन्सन्ट्रेटेड जिल्लाको धौलागिरी अस्पताल, बाग्लुङ नगरपालिकाको आइसोेलेसन केन्द्र, पैयुँपाट नारायणस्थान, अमलाचौर, गलकोट प्राथमिक स्वास्थ्य केन्द्र र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका लागि हस्तान्तरण गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);