इजरायलद्धारा प्रदान गरिएको २० करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री नेपाल भित्रियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

इजरायलद्धारा प्रदान गरिएको २० करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री नेपाल भित्रियो

काठमाडाैं । इजरायलद्धारा प्रदान गरिएको ५८ थान भेन्टिलेटरसहित २० करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री बिहीबार नेपाल आइपुगेको छ । नेपाल वायु सेवा निगमको चार्टड फ्लाइटमार्फत आज विहान स्वास्थ्य सामग्री काठमाडाैं ल्याइएको हो ।  इजरायली राजदूत हनान गोडेरसहितको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर स्वास्थ्य सामग्री परराष्ट्र र स्वास्थ्य मन्त्रालयका पदाधिकारीलाई हस्तान्तरण गरेका छन ।

इजरायल सरकार, व्यावसायिक क्षेत्र, इजरायलमा रहेका विभिन्न स्वास्थ्य संस्था, नेपाली दूतावास र इजरायलमा रहदै आएका नेपालीहरूबाट सहयोग स्वरूप स्वास्थ्य सामग्री नेपाल आएको इजरायलका लागि नेपाली राजदूत अञ्जान शाक्यले बताइन।  एक सय २० थान अक्सिजन कन्सन्ट्रेटर, औषधि, पीपीई, ५८ थान भेन्टिलेटर, थर्मल गन, आइसीयूसँग सम्बन्धित उपकरणलगायतका कोरोनाको उपचारसँग सम्बन्धित विभिन्न सामग्री नेपाल पठाइएको राजदूत शाक्यले जनाएकी छन ।

कोरोना भाइरस सम्बन्धी इजरायलले अपनाएको उपचार पद्धतिका बारेमा नेपाललाई सहयोग गर्नका लागि ‘स्मार्ट कोभिड कमान्ड कन्ट्रोल रुम’ स्थापना गर्न सफ्टवेयर तथा आवश्यक उपकरणसमेत पठाएको राजदूत शाक्यले बताइन ।  

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);