कोरोना रोकथामका लागि एनआरएनएद्वारा स्वास्थ्य सामग्री सहयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

कोरोना रोकथामका लागि एनआरएनएद्वारा स्वास्थ्य सामग्री सहयोग

nrna sahayog

काठमाडौं, १८ वैशाख । गैरआवासीय नेपाली संघ एनआरएनएले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । गैरआवासीय  नेपाली संघ दक्षिण कोरीया, चीन, हङकङ र मकाउले बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेर स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष सोनाम लामाले उक्त सामग्रीहरु स्वस्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई उपलब्ध गराउनुभएको हो ।

एनआरएनए रुद्र शर्माले बिहीबार ३१० थान ज्वरो नाप्ने थर्मोमिटर, २ हजार थान फेस सिल्ड, एन९५ मास्क १ हजार थान, डिस्पोजेबल मास्क २० हजार थान, ह्याण्ड ग्लोब्स १ हजार थान, पीपीइ गाउन २ हजार थान उपलब्ध गराएको बताउनुभयो ।

स्वास्थ्य सामग्री बुझ्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सजिलो बेला भन्दा अप्ठेरो अवस्थामा साथ दिनेहरु नै भरपर्दो र नजिकको हुने भन्दै सहयोगका लागि धन्यवाद दिनुभयो ।

एनआरएनए दक्षिण कोरियाले एक व्यक्ति एक टेस्ट अभियानका साथ कोरियामा रहेका नेपाली नागरिकहरुबाट रकम उठाई परिक्षण किट सहयोग गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);