एनआरएनएद्वारा सरकारलाई ५६० थान अक्सिजन सिलिण्डर हस्तान्तरण | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

एनआरएनएद्वारा सरकारलाई ५६० थान अक्सिजन सिलिण्डर हस्तान्तरण

काठमाडौं । गैरआवासीय संघ ओमानस्थित (एनआरएनए)ले पठाएको ५६० थान अक्सिजन सिलिण्डर नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।

आइतबार एक कार्यक्रमका बीच संघका अध्यक्ष कुमार पन्त र संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेका हुन् ।

ओमानस्थित नेपाली दूतावासको सहयोग तथा सहकार्यमा मध्यपूर्वमा रहेका नेपालीहरु एवं ओमानस्थित नेपाली दूतावासको सहयोग तथा सहकार्यमा शनिबार नेपाल ल्याइएका रु ७५ लाख भन्दा बढी मूल्य पर्ने मालसमाना शनिबार नेपाल आइपुगेको थियो । सिलिण्डर हस्तान्तरण गर्दै अध्यक्ष पन्तले सबै प्रदेशमा वितरण गर्न आग्रह गरेका छन् ।

मन्त्री त्रिपाठीले संकटमा समयमा सहयोग गरेकोमा संघलाई धन्यबाद दिएका छन्। मन्त्री त्रिपाठीले संघबाट प्राप्त अक्सिजन सिलिण्डर आवश्यकता अनुसार लुम्बिनी प्रदेश २०० थान, सुदूरपश्चिम प्रदेश १०० थान, कर्णाली प्रदेश १०० थान, प्रदेश नम्बर २ मा ८५ थान र गण्डकी प्रदेशलाई ७५ थान वितरण गर्न निर्देशन पनि दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);