जिल्ला कोभिड संकट व्यवस्थापन समिति डोटीलाइ २२ लाख भन्दा बढीको सामग्री सहयोग | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

जिल्ला कोभिड संकट व्यवस्थापन समिति डोटीलाइ २२ लाख भन्दा बढीको सामग्री सहयोग

डोटी । वर्ड भिजन इन्टरनेसनलको सहयोगमा जिल्ला कोभिड संकट व्यवस्थापन समिति डोटीलाई अक्सिजन सिलिण्डर सहित विभिन्न स्वस्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । वर्ड भिजन इन्टरनेसनलको सहयोग तथा सिड नेपाल र सिडिसीको समन्वयमा २२ लाख ६४ हजार ७ सय २८ रुपैयाँ बराबराका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको सिड नेपाल डोटीका अध्यक्ष सेर बहादुर मल्लले बताए ।

७० ओटा ४६ लिटरका अक्सिजन सिलिण्डर, ७० – ७० थान पल्स ओक्समिटर, थर्मल टेप्रेचर गन, पिपिई सेट, पाँच लिटर सेनिटाईजर, पाँच हजार मास्क लागायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । जिल्लामा कोभिड संक्रमितहरुको उपचार र उपचारमा खटिने स्वास्थ्यकर्मिहरुलाई सहजहोस भन्ने उदेश्यले उक्त स्वास्थ्य सामग्री सहयोग गरेको सहयोगी संस्थाले बताएका छन् ।

सामाग्री बुझ्दै डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी सुनिल खनालले यस्तो महामारिको समयमा प्राप्त भएका सामाग्रीहरुले ठूलो सहयोग पुग्ने बताउदै सहयोगी संस्थालाई धन्यवाद दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);