अस्पतालका बेडका बारे जानकारी दिँदै वडाध्यक्ष दर्शन लामा | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

अस्पतालका बेडका बारे जानकारी दिँदै वडाध्यक्ष दर्शन लामा

पोखरा । विश्वमा सन् २०१९ मा पहिलो पटक पत्ता लागेको कोभिड १९ को अहिले तेस्रो भेरियन्ट समेत सक्रिय भइसकेको छ। नेपालमा पनि अधिकांश संक्रमितमा भेरियन्टको संक्रमण देखिएको पुष्टि भयो। पहिले जस्तो आइसोलेशनमा सामान्य उपचारपछि संक्रमण मुक्त हुने अवस्था अहिले छैन।

अधिकांश संक्रमितमा अक्सिजनको अभाव देखिएको छ।संक्रमित अस्पतालमै भर्ना भएर बस्नुपर्ने अवस्था छ। जटिल बन्दै गइरहेको कोभिडका कारण यति बेला देशका अस्पतालमा बेड र अक्सिजनको अभाव भइरहेको छ । एम्बुलेन्समा बोकेर अस्पताल चहार्दा चहार्दै संक्रमितले ज्यान गुमाउनु परेको समाचारहरु आइरहेका छन्।

कुन अस्पतालमा कति बेड खाली छन् पत्तै हुँदैन । यसै दृष्टान्तलाई अध्ययन गर्दै पोखरा महानगरपालिका वार्ड नं १३ का वडाध्यक्ष दर्शन लामा यतिबेला पोखरामा कुन अस्पतालमा कतिको भिड र बेड खाली छन् भनेर सामाजिक सञ्जालमा अपडेट दिइरहेका छन्।

पोखरा महानगरकै स्मार्ट वडाध्यक्षको रुपमा परिचित लामाले आफुसँग सम्पर्क गर्नेहरुलाई पनि खाली भएकाको भिड बेड व्यवस्थापनमा सहजीकरण गरिरहेका छन्। ‘संक्रमितहरुलाई गाह्रो भइहाले कहाँको अस्पतालमा लैजाने भन्ने नै जानकारी छैन। कुन अस्पतालमा कतिको भिडका बेड खाली छ भनेर थाहा हुँदैन।

त्यसैले यो अपडेट गराइराख्नु अत्यन्तै महत्वपुर्ण छ। बिरामीहरुले समयमै उपचार पाउन सक्छन् ’ ‘दिनको एकपटक मात्रै अपडेट गराएर हुँदैन। बेडमा बिरामी आइसकेको हुन सक्छ। त्यसैले पटकपटक अपडेट दिइराख्नु पर्ने हुन्छ।यसको लागि मैले अस्पतालका साथीहरुसँग समन्वय गरिरहेको छु। लामाले बताए।

यतीबेला लामाले जस्तै पोखरा भरका ३३ वाडका वडाध्यक्षहरुले समेत एसबारे जानकारी गराउने हो भने सबैलाई सजिलो पनि हुनेछ। त्यसैले गर्दा आज सबै वार्डमा लामा जस्तो सूचनादिने वडाध्यक्ष हुनुपर्नेमा पोखरेली जोढ दिन्छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);