खुला आकाश रुखको छहारीमा छट्पटिँदै संक्रमित (फाेटाेफिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

खुला आकाश रुखको छहारीमा छट्पटिँदै संक्रमित (फाेटाेफिचर)

धनगढी । कोरोना संक्रमणले देश आक्रान्त बनिरहेका बेला सुदूरपश्चिमको अवस्था भयावह बनेको छ । सुदूरपश्चिमको अस्थायी मुकाम रहेको धनगढीमा अहिले कोरोना संक्रमितले खुला आकाशमा तड्पिँदै ज्यान गुमाउनु परेको छ । धनगढी स्थित सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी कक्षसंगै ग्यालरी समेत संक्रमितले भरिएपछि अस्पतालको आगँनमा उपचार भइरहेको छ । कोही अस्पतालमा बेड नपाएर ज्यान गुमाइरहेका छन्, त कोही अक्सिजन नपाएर ।

सुदूरपश्चिमको सबैभन्दा ठुलो अस्पताल सेती प्रादेशिक अस्पताल हो । अहिले सेती प्रादेशिक अस्पताल अन्तरगतनै कोरोना संक्रमितको उपचारका लागि प्रदेश सरकारले छुट्टै कोरोना अस्पताल बनाएको छ । ५० बेड क्षमताको त्यो अस्पतालमा पहुँचवालाले मात्रै पालो पाउने गुनासो बढीरहेको छ । स्वास्थ्यमा समस्या आएर सेती अस्पतालको इमर्जेन्सीमा पुगेका बिरामीहरुमध्ये अधिकाशंमा कोरोना संक्रमण देखिरहेको छ ।

सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्ड समेत संक्रमितले भरिएपछि अहिले अस्पतालको आगँनमा उपचार भइरहेको छ । सेती प्रादेशिक अस्पतालको इमरजेन्सी वार्ड संगै ग्यालरी समेत भरिएपछि आगँनमै उपचार गराइरहेका संक्रमितले ज्यान गुमाउनु परेको छ । अहिले इमर्जेन्सीमा आउने बिरामीमध्ये कोभिड या नन कोभिड छुट्याउन सकिने अवस्था छैन । कोही संक्रमण पुष्टि भएपछि मृत्यु वरण गरिरहेका छन् भने कोही अस्पताल पु¥याएर चिकित्सक नपाएरै मृत्युवरण गर्न बाध्य भईरहेको अस्पतालमा ल्याइएका बिरामी आर्यन मल्लका आफन्तले बताए ।

अहिले सेती प्रादेशिक अस्पतालको आगँनमै अक्सिजन लिएर बसेका बिरामी कयौँ देखिन्छन् । केही बेर अस्पतालमै बस्ने हो भने बिरामी छट्पटिँदै मृत्युवरण गरिरहेको देखिन्छ । एकातिर बेड अभाव, अक्सिजन अभावको समस्या झेल्दै छट्पटाइ रहेका बिरामीहरुले समयमै चिकित्सक समेत नपाउँदा ज्यान गुमाउन परिरहेका अर्का बिरामी श्याम ताम्राकारका आफन्तको भनाई छ ।

सेती प्रादेशिक अस्पतालमा बेड अभाव भएर आगँनमा उपचार गराउनु परेको अस्पताल प्रशासनले स्वीकारेको छ । इमर्जेन्सीमा आउने बिरामीहरुमध्ये अधिकाशंमा कोरोना लक्षण देखिएपछि परीक्षण गर्ने गरिएको छ । अन्य लक्षण भए मेडिकल वार्डमा र कोरोनाकै लक्षण भए सके कोरोना अस्पतालमा नसके इमर्जेन्सीमै उपचार गराउनु परेको अस्पतालका सूचना अधिकारी दीलिप श्रेष्ठ बताउँछन् । बिरामीको उपचारका लागि जनशक्ति समेत अभाव हुन थालेको श्रेष्ठले बताए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);