५० लाख डोज खोप खरिद गर्ने अवस्था अहिले छैन , सम्झौता अनुसार सिरमको खोप चाडै आउँछ | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८०, बुधवार

५० लाख डोज खोप खरिद गर्ने अवस्था अहिले छैन , सम्झौता अनुसार सिरमको खोप चाडै आउँछ

काठमाडौं। कमिसन विवादको कारण भारतको सिरम इन्स्टिच्युटसँग ५० लाख डोज कोभिसिल्ड खोप खरिद गर्ने प्रक्रिया रोकिएको भनिएको बारे सरकारले औपचारिकरुपमा आप्पति जनाएको छ ।

शुक्रबार विज्ञप्ती जारी गर्दै स्वास्थ्य मन्त्रालयले ती समाचारमा कुनै सत्यता नरहेको समेत जनाएको छ । प्रवक्ता जागेश्वर गौतमद्वारा जारी वक्तव्यमा सिरम इन्स्टिच्युटले चाँडै खोप आपूर्ति गर्ने जानकारी मन्त्रालयलाई दिएको समेत उल्लेख गरिएको छ ।

कोभिसिल्ड खोप खरिदबारे निर्णय गर्ने अधिकार स्वास्थ्य सेवा विभागको भएकाले मन्त्रालयलाई संलग्न गराइ आएका विवरणमा कुनै तुक नभएको मन्त्रालयले जनाएको छ । सरमले दिनुपर्ने २० लाख डोज खोपमध्ये १० लाख प्राप्त भएको र बाँकी खोपको आपूर्ति वर्तमान विश्व परिस्थितीमा निर्भर हुने बताइएको छ ।

सिरम इन्स्टिच्युटले नेपाललाई खोप आपूर्ति गर्नु आफ्नो प्राथमिकतामा रहेको तर, सो कम्पनीमा भएको आगलागी र क्षमता विस्तारमा अवरोध भएकाले क्षमता विस्तार हुने वित्तिकै खोप आपूर्ति गर्ने जानकारी दिएको समेत विज्ञप्तीमा भनिएको छ ।

थप ५० लाख डोज खोप खरिद गर्ने अवस्था तत्काल नरहेको समेत मन्त्रालयले स्पष्ट पारेको छ । सरकारले अन्य मुलुकका खोप प्राप्त गर्न कूटनीतिक तथा अन्य माध्यमबाट समेत प्रयास गरिरहेको समेत मन्त्रालयले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);