संसद सचिवालयका उपसचिव खनालको कोरोना संक्रमणबाट निधन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

संसद सचिवालयका उपसचिव खनालको कोरोना संक्रमणबाट निधन

death

काठमाडौं । संघीय संसद सचिवालयमा कार्यरत उपसचिव कृष्ण खनालको कोरोना संक्रमणबाट निधन भएको छ । तनहँु म्याग्दे गाउँपालिका–१ घर भएका उपसचिव खनालले २२ गते संसद सचिवालयका सांसद तथा कर्मचारीको पीसीआर परीक्षण गराएका बेला नै स्वाब दिएका थिए ।

कानुन मन्त्रालयबाट संसद सचिवालयमा सरुवा भएका उनको शुक्रबार बिहान निधन भएको हो । चन्द्रागिरी–१२ स्थित घरमै आइसोलेसनमा रहेका खनाललाई शुक्रबार बिहान श्वास प्रश्वासमा समस्या भएपछि उपचारका लागि लैजाँदै गर्दा बाटोमै निधन भएको हो ।

मुटुसम्बन्धी स्वास्थ्य समस्या भएका खनालको हालै मात्र पत्थरीको उपचारका लागि शल्यक्रिया गरिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);