नेता खनालको थप उपचार लागि आज दिल्ली लगिँदै | ईमाउण्टेन समाचार

Our Network

माघ १३ २०७९, शुक्रबार

नेता खनालको थप उपचार लागि आज दिल्ली लगिँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका नेता झलनाथ खनालको थप उपचारका लागि नयाँदिल्ली लगिँदै छ ।

स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका खनाललाई थप उपचारका लागि दिल्ली लैजाने तयारी गरिएको उनको सचिवालयले जानकारी दिएको छ । उनको उपचार दिल्लीको एपोलो अस्पतालमा हुने छ ।

लगातार ज्वरो आएपछि खनाललाई सोमबार बिहान काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो ।

खनाल यसअघि कोरोना संक्रमित भएर अस्पताल भर्ना भएका थिए । संक्रमणमुक्त भईसकेका खनालको स्वास्थ्य पुन समस्या देखिएको हो ।

Leave a Reply