सबै तयारी छ, चुनाव रोकिनुपर्ने कुनै कारण छैन : गृहमन्त्री अधिकारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सबै तयारी छ, चुनाव रोकिनुपर्ने कुनै कारण छैन : गृहमन्त्री अधिकारी

काठमाडौं । गृहमन्त्री खगराज अधिकारीले निर्धारित समयमा निर्वाचन गराउनको लागि गृह मन्त्रालय तयारी अवस्थामा रहेको बताएका छन् । गृहमन्त्री अधिकारीले मंगलबार गृहमन्त्रालयमा सञ्चारकर्मीहरु सँग कुरा गर्दै निर्धारित मितिमा निर्वाचन गराउनका लागि गृह मन्त्रालयले आवश्यक तयारी पुरा गरेको बताएका हुन् ।

आवश्यक सम्पूर्ण तयारी पुरा भएकाले चुनाव नर्गनका लागि रोकिनुपर्ने कुनै कारण नभएको उनले बताए । उनले भने – ‘दुई चरणमा चुनाव गर्ने भनेको छ । त्यसमा कुन कुन जिल्ला वा निर्वाचन क्षेत्र कसरी गर्ने समेतको स्ट्राटेजीका साथ निर्वाचन आयोगसँग समन्वय गरेर सम्पूर्ण तयारी छ । र अब हामीलाई चुनावको निर्णय गरिसकेपछि अगाडी बढ्न रोकिनुपर्ने केही कारण छैन । सबै तयारी छ । आवश्यक लजिष्टिक देखि लिएर जनशक्ति विन्यास देखि लिएर सुरक्षा प्रवन्धदेखि लिएर निष्पक्षताका लागि गर्नुपर्ने सबै कुरा आन्तरिक गृहकार्यमा सम्पूर्ण तयारी भइसकेको छ । यसको कार्यान्वयको सम्बन्धमा दलहरु सँगको एउटा सहमती, सहकार्यपछि अगाडी बढ्दा हामीलाई तयारी पुगेन भन्नुपर्ने केही कारण छैन । तोकिएको मितिमा चुनाव गर्न हाम्रो मन्त्रालय पूर्ण रुपमा तयारी हालतमा छ ।’

गृहमन्त्री अधिकारीले सिमाको सम्बन्धमा नेपाली संवेदनशील भएको भन्दै सरोकारवालालाई सो कुरा बुझिदिन आग्रह पनि गरे । उनले भने – ‘नेपालीहरु सिमाको आफ्नो सार्वभौमिकता बारे अत्यन्तै संवेदनशिल छन् । जसरी अरु देशहरु संवेदनशील छन् । त्यसरी नेपालीहरुको संवेदनशीलता बुझिदिन हामी अनुरोध गर्न चाहान्छौँ । हामी हाम्रो सिमा रक्षाका लागि अरुले हाम्रो संवेदनशीलता बुझिदिनुपर्छ भन्ने कुरा प्रष्ट राख्न चाहान्छौँ ।’

मन्त्री अधिकारीले कोभिड १९ विरुद्धको खोपको तेस्रो ट्रायलमा जाने ढाँचाको खोप ल्याउने विषयमा पनि छलफल गरीरहेको पनि बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);