उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदान स्थलमा उच्च सुरक्षा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदान स्थलमा उच्च सुरक्षा

upanirbachan tayari dharan

काठमाडौं, १३ मंसिर । शनिबार हुन लागेको उपनिर्वाचनका लागि निर्वाचन आयोगले सबै तयारी पूरा गरेको छ । मतदान केन्द्रमा मतपेटिकादेखि मतपत्र लागायत आवश्यक सामाग्री पुगेको छ । निर्वाचन क्षेत्र र मतदान स्थलहरुमा पनि उच्च सुरक्षा व्यवस्था मिलाइएको छ ।

संघ, प्रदेश र स्थानीय तहमा रिक्त रहेको पदहरुका लागि शनिबार हुन गईरहेको उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पुरा भएका छन् । धरान उपमहानगरको प्रमुख र वडाध्यक्ष पदको लागि हुन लागेको उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको हो । उपमहानगरको २० वटा वडाको मतदान स्थलमा मतदानमा खटिने कर्मचारी र सुरक्षाकर्मी खटिसकेका छन् ।

upanirbachan tayari rautahat

धरानका मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीका अनुसार धरानमा २८ मतदान स्थलका ९९ मतदान केन्द्रमा आवश्यक तयारीका साथ कर्मचारी खटाइएको छ ।

सबै मतदान केन्द्रको सुरक्षा व्यवस्था मजबुद बनाइएको इलाका प्रशासन कार्यालय धरानका प्रमुख चन्द्रबहादुर कार्कीले बताउनुभयो ।

यता कास्कीको निर्वाचन क्षेत्र नं. २ मा हुन लागेको निर्वाचनका लागि पनि आवश्यक कर्मचारी, स्वयम् सेवकदेखि सुरक्षाकर्मीहरु खटाइएको कास्कीका निर्वाचन अधिकृत महेन्द्रराज सुवेदीले जानकारी दिनुभयो ।

त्यसैगरी उपनिर्वाचनको व्यवस्थापकीय र सुरक्षासम्बन्धी सबै काम पूरा भइसकेको निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ ।  भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले मतदान केन्द्र, मतदान स्थल र निर्वाचन हुने क्षेत्रमा सुरक्षा व्यवस्था कडाइ गरिने बताउँदै एक मतदानस्थलमा कम्तीमा १२ जनादेखि ३० जनासम्म सुरक्षाकर्मी परिचालन हुने जानकारी दिनुभयो ।

निर्वाचनका दिन मध्यपुरथिमिको राधेराधेदेखि अरनिको राजमार्गको उत्तरतर्फको क्षेत्रमा १३ गते राति १२ बजेदेखि १४ गते रातिसम्म यातायातको साधन सञ्चालनमा रोक लगाउने र निर्वाचन हुने क्षेत्रहरुमा अनुमति पत्र बाहेकका सवारी साधनलाई पूर्णरुपमा रोक लगाउने महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

upanirbachan tayari bhaktapur

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);