उपनिर्वाचनमा निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

उपनिर्वाचनमा निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आग्रह

nirbachan ayog-upanirbachan

काठमाडौं, १३ मंसिर । निर्वाचन आयोगले शनिबार हुने उपनिर्वाचनमा निर्धक्क भएर भाग लिन आग्रह गरेको छ । आयोगले शुक्रबार बिज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहका सदस्यको विभिन्न पदको उपनिर्वाचनका लागि सबै तयारी पुरा भएको पनि जनाएको छ ।

उपनिर्वाचन हुने क्षेत्रका मतदाताहरुले सरकारी कार्यालयबाट जारी भएका आफ्नो परिचय झल्कने फोटो सहितको कुनैपनि परिचयपत्र देखाएर मतदान गर्न पाउने आयोगले जनाएको छ । यसैगरी प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले गृह मन्त्रालयको संयोजकत्वमा सबै सुरक्षा निकायको एकीकृत सुरक्षा योजना तर्जुमा गरिएकाले ढुक्क भएर निर्वाचनमा सहभागि हुने वातावरण बनेको उल्लेख गर्नुभयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन सामग्रीहरु सम्बन्धित जिल्ला र मतदान केन्द्रसम्म पुर्‍याइसकेको समेत जानकारी दिनुभयो । उपनिर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि १, प्रदेश सभा सदस्यतर्फ ३, उपमहानगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्षका लागि ३, गाउँपालिका उपाध्यक्षका लागि १ र स्थानीय तह सदस्य तर्फ ४३ गरी कुल ५२ रिक्त पदमा निर्वाचन हुँदै छ ।

प्रतिनिधि सभा सदस्यतर्फ ११, प्रदेश सभा सदस्यतर्फ १५ र स्थानीय तहका सदस्यका लागि २० वटा राजनीतिक दलहरु सहभागी भएका छन् । निर्वाचनमा २ लाख ३३ हजार ४ सय २ महिला, २ लाख २० हजार ७ सय १० पुरुष र अन्य २ गरी जम्मा ४ लाख ५४ हजार १ सय १४ जना मतदाताले मतदान गर्दै छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);