परराष्ट्रमन्त्री ज्ञवाली स्वदेश फिर्ता, पुटिनलाई नेपाल भ्रमणको निम्तो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

परराष्ट्रमन्त्री ज्ञवाली स्वदेश फिर्ता, पुटिनलाई नेपाल भ्रमणको निम्तो

parastra mantri swadesh firta

काठमाडौं, १३ मंसिर । परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली रुसी महासंघ र गणतन्त्र सर्भियाको औपचारिक भ्रमण पूरा गरेर स्वदेश फर्किनुभएको छ । मन्त्री ज्ञवाली शुक्रबार स्वदेश फर्किनु भएको हो ।

स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राट्रिय विमानस्थलमा संचारकर्मीसंग कुराकानी गर्दै मन्त्री ज्ञवालीले रुस भ्रमणको क्रममा रुसी राष्ट्रपति भ्यादिमिर पुटिन र प्रधानमन्त्री दिमित्री मेतभेदेवलाई नेपाल भ्रमणको निम्तो दिएको जानकारी गराउनुभयो । त्यस्तै भ्रमण वर्ष २०२० को अवसरमा नेपालमा आयोजना हुने सगरमाथा सम्वादमा आउन रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोलाई निम्तो दिएको मन्त्री ज्ञववालीले जानकारी समेत दिनुभयो ।

मन्त्री ज्ञवालीले रुससंग दुईपक्षीय सम्बन्धलाई नविकरण गर्दै व्यापार प्रवद्र्धन, लगानी अभिवृद्धि, पर्यटन, आर्थिक सहायता तथा सांस्कृतिक आदानप्रदानका क्षेत्रमा सहयोग र सहकार्य विस्तार गर्ने विषयमा छलफल गरिएको जानकारी समेत दिनुभयो ।

परराष्ट्रमन्त्री ज्ञवालीले सर्भियाको औपचारीक भ्रमणका क्रममा पनि दुई देशबीचको हितका विषयमा छलफल भएको जानकारी दिनुभयो ।उहाँले मंसिर ८ गतेदेखि ११ गते सम्म रुसको र ११ देखि १२ गते सम्म सर्भियाको भ्रमण गर्नुभएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);