म्यानमारसंग सुपुर्दगी सन्धि भएको छैन : परराष्ट्रमन्त्री ज्ञवाली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

म्यानमारसंग सुपुर्दगी सन्धि भएको छैन : परराष्ट्रमन्त्री ज्ञवाली

pradeep gyawali

काठमाडौं, ४ कात्तिक । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले राष्ट्रपति बिद्यादेवी भण्डारीको म्यानमार भ्रमणका क्रममा म्यान्मारसंग सुपुर्दगी सन्धि नभएको बताउनुभएको छ ।

सोमवार राष्ट्रपति भण्डारीको उच्च स्तरीय भ्रमण सम्पन्न गरी स्वदेश फर्कनु भएका मन्त्री ज्ञवालीले त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा संचारकर्मीसंगको कुराकानीमा कसैको दवाबमा परेर नेपालले कुनै पनि सन्धि संझौता नगर्ने उल्लेख गर्नुभयो ।

उहाँले राष्ट्रपति भण्डारीको म्यानमार भ्रमणका क्रममा दुई मुलुकबीच पर्यटन र सांस्कृतिक सहयोग आदानप्रदान सम्बन्धि महत्वपूर्ण सम्झौंता भएको बताउनुभयो । मन्त्री ज्ञवालीले नेपाल र म्यानमारबीच ब्यापार, लगानी, पर्यटन लगाएतका बिभिन्न क्षेत्रहरुमा सहकार्य गर्ने समझदारी बनेको समेत जानकारी दिनुभयो ।

नेपाल र म्यानमारबीच १ बर्ष भित्र सिधा हवाइ उडान गर्ने तयारी थालीएको मन्त्री ज्ञवालीको भनाई छ । मन्त्री ज्ञवालीले राष्ट्रपति भण्डारीको म्यानमारको चार दिने राजकीय भ्रमण सफल भएको पनि बताउनु भयो ।

म्यानम्यारका स्टेट काउन्सिलर आङसाङ सूचिले नेपाल भ्रमण वर्षको प्रवर्द्धनका लागि नेपाल आउने चाहना राष्ट्रपति समक्ष व्यक्त गरेकाले सरकारले सो भ्रमणका लागि तयारी अघि बढाएको पनि उहाँले जानकारी दिनुभयो ।
०००

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);