राष्ट्रपति भण्डारी फागुन २६ गते अमेरिका जाँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

राष्ट्रपति भण्डारी फागुन २६ गते अमेरिका जाँदै

bidhya-bhandari

काठमाडौं, २१ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी अमेरिका भ्रमणमा जाने भएकि छन् । राष्ट्रपति भण्डारी कमिशन अन द स्टाटस अफ वमनको ६३ औं सेसनमा भाग लिन यही फागुन २६ गते आईतबार अमेरिकाको न्यूर्योक जान लागेका हुन् ।

मंगलबार पत्रकार सम्मेलन गरी परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले राष्ट्रपति भण्डारीको सो भ्रमणवारे जानकारी दिएको हो । मार्च ११ देखि २२ सम्म न्यूयोर्कमा सो कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रमलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्य तालिका रहेको छ ।

पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री ज्ञवालीले आफ्नो जेनेभा भ्रमणका क्रममा संयुक्त राष्ट्र संघले नेपालको संक्रमणकालीन न्याय निरुपणमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएको पनि जानकारी दिएका छन् ।

गत फागुन १३ गते संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषदको ४० औं बैठकमा सहभागी हुन उनी जेनेभा गएका थिए । नेपाल संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषदको सदस्य राष्ट्र हो । मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधि मण्डल परिषदको बैठकमा सहभागी भएर फागुन १६ गते स्वदेश फर्किएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);