प्रधानमन्त्री दाहालको कतार भ्रमण किन रोकियो ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

प्रधानमन्त्री दाहालको कतार भ्रमण किन रोकियो ?

काठमाडौं, १५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालको कतार भ्रमण स्थगित भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनको तयारीलगायत कारणले प्रधानमन्त्री दाहालको शुक्रबार कतार जाने कार्यक्रम स्थगित गरिएको बताइएको छ । यसअघि प्रधानमन्त्री दाहाल अतिकम विकसित मुलुकहरू (एलडीसी) को सम्मेलनमा भाग लिन आउँदो शुक्रबार कतार जाने तय भएको परराष्ट्र मन्त्रालयले आइतवार पत्रकार सम्मेलन गरेर जानकारी गराएको थियो ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड यही फागुन १९ गते शुक्रबार सो सम्मेलनमा सहभागी हुन कतारको दोहा जाने जानकारी दिनुभएको थियो ।

यसैबीच प्रधानमन्त्री दाहालले परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमणसमेत रोक्नु भएको छ । परराष्ट्रमन्त्री पौड्याल आइतबार मानवअधिकार परिषद्को ५० औं सत्रमा भाग लिन जेनेभा तयारीमा हुनुहुन्थ्यो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वकानूनमन्त्री गोविन्द बन्दीसहित तीन जनालाई स्वीट्जरल्याण्ड पठाउनु भएको छ । जेनेभा जानेमा बन्दीसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव उदयराज सापकोटा र परराष्ट्र मन्त्रालयकी सहसचिव तथा प्रवक्ता सेवा लम्साल रहनु् भएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);