एजेण्डा मिल्नेहरुसँग मोर्चा बनाएर अघि बढ्नुपर्छ : माधव नेपाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

एजेण्डा मिल्नेहरुसँग मोर्चा बनाएर अघि बढ्नुपर्छ : माधव नेपाल

काठमाडौं, १५ फागुन । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशका समस्याहरुलाई समाधान गर्नका लागि सबै राजनीतिक दलहरु एकजुट हुनुपर्ने बताउनुभएको छ । आइतबार जनकपुरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले देशमा चुनौतीपूर्ण समस्याहरु देखिएका भन्दै ति समस्या समाधान गर्नका लागि सबै राजनीतिक दलहरु एकजुट हुनुपर्ने बताउनुभएको हो ।

उहाँले एमाले लगायतका सबै राजनीतिक दलहरु मिलेर जानुपर्ने बताउनुभयो । उहाँले संकटको बेलामा सबै दलहरुले हातेमालो गर्दा राम्रो हुने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो – ‘नेपालमा जस्तो किसिमको चुनौतीहरु देखिएका छन्, ति चुनौतीहरु सामना गर्नलाई देशका सबै राजनीतिक दलहरु एकजुट भएर जानुपर्छ भनेको हो । सबै मिल्नुपर्छ, त्यसमा एमाले पनि प¥यो । मिलेर जानुपर्छ । देशको समस्या चुनौतीपूर्ण छ, यो समस्यालाई समाधान गर्नका लागि देशका सबै राजनीतिक दलहरु एक भएर जानुपर्छ । संकटको बेलामा, अप्ठ्यारो बेलामा हातेमालो गर्दा राम्रो हुन्छ । यो मेरो नीजि कुरा हो ।’

अध्यक्ष नेपालले आफुले आलोपालोमा प्रधानमन्त्री पाउने भनेर बाहिर आएका कुराहरु अनुमानका कुराहरु भएको टिप्पणी गर्नुभयो । आफुहरुका बिचमा भएको सहमतीका बारेमा कुरा खोल्ने बेला नआएको उहाँको भनाई छ । उहाँले वामपन्थी शक्तिहरुसँग मिलेर जानका लागि आफुहरुले आव्हान गरिरहेको भन्दै एजेण्डा मिल्नेहरुसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘वामपन्थी शक्तिहरुलाई हामी मिलेर जानका लागि आव्हान गरिरहेका छौँ । यसको निम्ति यदी समाजवादी शक्तिहरु, वामपन्थी शक्तिहरु राष्ट्रिय इस्यूहरुमा, जनताका इस्यूहरुमा, लोकतन्त्रका इस्यूहरुमा, गणतन्त्रका इस्यूहरुमा, संविधानको इस्यूहरुमा मिलेर जान्छन् भने हामी सहकार्य गर्दै अगाडी बढ्ने छौँ । अझै अगाडी बढ्न चाहान्छन् भने हामी मोर्चा बनाएर पनि अघि बढ्न तयार छौँ । विचार, सिद्धान्त, नीति, कार्यक्रम सबै मिल्छ र त्यसपछि मन, भावना, संगठन सबैकुरा मिल्छ भने त्यस्तासँग संगठन पनि एकताबद्ध बनाएर जान्छौँ । र हामी कुनै पार्टीमा विलय हुनेवाला छैनौँ ।’

उहाँले आफुहरु एजेण्डा मिल्नेहरुसँग मोर्चा बनाएर अघि बढ्न तयार रहेको पनि बताउनु भयो । अध्यक्ष नेपालले सबैकुरा मिल्नेहरुसँग एकताबद्ध हुन पनि सक्ने भन्दै कुनै पार्टीमा विलय भने नहुने स्पष्ट पार्नुभयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);