सबै दल नमिले मुलुक दुर्घटनामा फस्छः नेता सिंह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

सबै दल नमिले मुलुक दुर्घटनामा फस्छः नेता सिंह

२१ फागुन, काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सबै दल नमिले मुलुक गम्भीर दुर्घटनामा फस्न सक्ने बताउनुभएको छ ।

सबै दल नमिले मुलुक दुर्घटनामा फस्छः नेता सिंह

२१ फागुन, काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सबै दल नमिले मुलुक गम्भीर दुर्घटनामा फस्न सक्ने बताउनुभएको छ ।

 

कामनपा–३५ नरेफाँटस्थित नेपाल सेन्टल हाईस्कुलको १२ औँ अभिभावक दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा नेता सिंहले मुलुक राजनीतिक सङ्क्रमणबाट गुज्रिरहेको भन्दै सबै दल मिल्नुको विकल्प नरहेको बताउनुभयो । उहाँले भन्नुभयो – “दलहरु आरोप प्रत्यारोपमा लाग्नुभन्दा मुलुकलाई समाधान दिनतर्फ लाग्नुपर्छ ।”

संविधान बनाउने दलहरु संविधान कार्यान्वयनमा समेत एकजुट हुनुपर्ने उहाँको भनाइ थियो । पूर्व उपप्रधानमन्त्री सिंहले दलको स्वार्थभन्दा राष्ट्रको स्वार्थलाई ध्यानमा राखेर अगाडि बढ्न दललाई आग्रह गर्नुभयो ।

यसैबीच नेता सिंह आजै ज्येष्ठ नागरिक समाज पुरानो बानेश्वरको कार्यक्रममा समेत सहभागी हुनुभएको छ ।

ज्येष्ठ नागरिक समाज पुरानो बानेश्वरले पुराना तथा चर्चित गायक हरिप्रसाद रिमालको घरमा आयोजित ‘ज्येष्ठ नागरिक सम्मान तथा स्वास्थ्य शिविर’मा हरिप्रसाद रिमाललाई सम्मान गर्नुभएको थियो ।

सो अवसरमा नेता सिंहले ज्येष्ठ नागरिकको सम्मान राज्यस्तरबाटै हुनुपर्ने बताउनुभयो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);