राजनीतिक उपलब्धिलाई संस्थागत गर्न निर्वाचन अपरिहार्यः गच्छदार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

राजनीतिक उपलब्धिलाई संस्थागत गर्न निर्वाचन अपरिहार्यः गच्छदार

२१ फागुन, काठमाडौं । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले संविधानको सफल कार्यान्वयन र राजनीतिक उपलब्धिलाई संस्थागत गर्न निर्वाचन अपरिहार्य रहेको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा शनिबार पत्रकारसँग कुराकानी गर्दै उहाँले संविधान कार्यान्वयनको पहिलो खुड्किलो स्थानीय निर्वाचन भएकाले निर्वाचनलाई सबैले उपयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

निर्वाचनले मात्रै राजनीतिक स्थायित्व कायम हुने भन्दै अध्यक्ष गच्छदारले न्यूनतम सहमति गरेर भए पनि असन्तुष्ट पक्षलाई निर्वाचनमा सहभागी गराउनुपर्ने विषयमा जोड दिनुभयो । उहाँले संविधान संशोधन र निर्वाचन प्रक्रियालाई सँगसँगै अघि बढाउन सकिने विचार प्रकट गर्नुभयो ।

नेकपा ९एमाले० को मेची–महाकाली अभियान सुरु भएकाले यसलाई बिथोल्ने गतिविधि गर्न नहुने उल्लेख गर्दै उहाँले एक अर्काको निषेधको राजनीति गर्न खोजे मुलुकमा राजनीतिक मुठभेड सिर्जना हुनसक्ने भएकाले यस विषयमा दलहरुलाई सचेत हुनुपर्ने सुझाव प्रकट गर्नुभयो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);