आमुल परिवर्तनलाई सुरक्षीत गर्न सबै दल लागेपनि एमाले बाधकःगृहमन्त्री | ईमाउण्टेन समाचार

Our Network

असार ४ २०८१, सोमबार

आमुल परिवर्तनलाई सुरक्षीत गर्न सबै दल लागेपनि एमाले बाधकःगृहमन्त्री

बटुकनाथ झा २२ बैशाख ,धनुषा ।
उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले जनताको पक्षमा मुलुकमा भएको आमुल परिवर्तनलाई सुरक्षीत गर्न सबै दल लागे पनि नेकपा एमाले बाधक रहेको आरोप लगाउनु भएको छ । परिवर्तनलाई संस्थागत गर्न तथा संबिधान संशोधन प्रस्ताव दर्ता गर्दा पनि एमाले नै बाधक बनेको उहाँले आरोप लगाउनु भएको छ । राजनीतिक परिवर्तनमा

आमुल परिवर्तनलाई सुरक्षीत गर्न सबै दल लागेपनि एमाले बाधकःगृहमन्त्री

आमुल परिवर्तनलाई सुरक्षीत गर्न सबै दल लागपनि एमाले बाधकःगृहमन्त्री बटुकनाथ झा २२ बैशाख ,धनुषा । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले जनताको पक्षमा मुलुकमा भएको आमुल परिवर्तनलाई सुरक्षीत गर्न सबै दल लागे पनि नेकपा एमाले बाधक रहेको आरोप लगाउनु भएको छ । परिवर्तनलाई संस्थागत गर्न तथा संबिधान संशोधन प्रस्ताव दर्ता गर्दा पनि एमाले नै बाधक बनेको उहाँले आरोप लगाउनु भएको छ । राजनीतिक परिवर्तनमा बाधक शक्तिलाई पहिचान गरेर मधेशको एजेण्डाको पक्षमा रहेका पक्षलाई समर्थन गर्नुपर्ने बताउनु भएको छ ।

 

जनकपुर स्थित महावीर युवा कमिटीको नयाँ कार्य समितिको आज भएको पदहस्तानान्तण तथा सपथ ग्रहण समारोहमा प्रमुख अतिथिको रुपमा बोल्दै उहाँले युवा शक्ति नै परिवर्तनको सम्बाहक भएकाले नेपालको वदलिदो परिस्थितीमा युवाहरुले सक्रियता देखाउनु पर्ने बताउनु भयो । संबिधान संशोधन, मधेशी मुद्धाको संबोधन तथा स्थानिय दलको निर्वाचनको लागि सरकार गम्भिर भएको बताउदै उहाँले संबिधान संशोधन हुने विस्वास दिलानु भयो ।

 

महावीर युवा कमिटीका नयाँ कार्य समितिका अध्यक्ष रोशन शेखर जयसवालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बोल्दै गृहमन्त्री निधिले संविधानमा संशोधन कुनै हालतमा हुने बताउनु भयो । उहाँले सरकार यसलाई उच्च प्राथमिकतामा राखेर कार्य गरी रहेको उल्लेख गर्नुभयो । काँगेस र माओवादी बीच दूईवटा प्रधमनमन्त्रीले संविधान संशोधन, तीनवटा निर्वाचन गराउने सहमती भएको र त्यही रुपमा यो सरकारले कार्य गरीरहेको उहाँले बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);