परिवर्तनलाई उल्ट्याउने कसरत जारी छ, सचेत रहौंः प्रधानमन्त्री दाहाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

परिवर्तनलाई उल्ट्याउने कसरत जारी छ, सचेत रहौंः प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परिवर्तनलाई उल्ट्याउने कसरत भइरहेकाले सबै सचेत हुन आवश्यक रहेको बताउनुभएको छ ।

सोमवार एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रिय समितिको छैटौं राष्ट्रिय महाविधेशन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले अहिले पनि एकथरी मानिसहरु गणतन्त्र,समावेशी समानुपातिक मान्यता र उत्पीडित वर्ग तथा समुदायले पाएको अधिकारलाई खोस्न उद्धत रहेको आरोप लगाउनुभयो । राष्ट्र र जनताप्रति इमान्दार भइरहेसम्म दुनियाँका कुनै शक्तिले पनि आफूहरुलाई पराजित गर्न नसक्ने उहाँको दाबी थियो । प्रधानमन्त्री प्रचण्डले विस्तृत शान्ति सम्झौता र त्यसका हस्ताक्षरकर्ता र नेतृत्वमाथि कसैले नकारात्मक सोच राखेर काम गरे सफल नहुने बताउनुभयो ।

उहाँले आफूबिरुद्ध मुद्दा दर्ता हुँदा तरंग पैदा भएपनि माओवादीलाई भने एकतावद्ध हुन मद्यत पुगेको उल्लेख गर्नुभयो । मुद्दा दर्ता सम्बन्धी रिट पर्नुलाई आफूले शान्ति सम्झौतासम्बन्धी ऐनलाई अघि बढाउनुपर्ने कामका रुपमा लिएको प्रधानमन्त्री प्रचण्डको टिप्पणी थियो । अदालतको फैसला पनि शान्ति सम्झौता भन्दा बाहिर नगएकाले चिन्तित हुनुपर्ने अवस्था नरहेको उहाँले जिकिर गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले संघीय शिक्षा ऐन संसदको यही अधिवेशनमा प्रश्तुत गरी चाँडै पारित गर्ने भन्दै जनयुद्ध,मधेस आन्दोलन लगायत सबै आन्दोलनका शहीदहरुलाई राष्ट्रिय शहीद घोषणा गरी उनीहरुको नाम राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);