राष्ट्रपतिको सपथ ग्रहण समारोहमा जे देखियो (तस्विर सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

राष्ट्रपतिको सपथ ग्रहण समारोहमा जे देखियो (तस्विर सहित)

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष कार्यक्रममा कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उहाँलाई पद तथा गोपनियताको सपथ दिलाउनुभएको हो ।

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित हुनुभएको थियो । शपथ ग्रहणलगत्तै उहाँलाई निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्व राष्ट्रपति रामवरण यादव, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, पूर्वप्रधानमन्त्रीहरुले बधाइ तथा शुभकामना दिनुभएको थियो ।

त्यसअवरमा राष्ट्रपति पौडेललाई नेपाली सेनाले सलामी अपर्ण गरेको थियो भने उहाँको सम्मानमा सेनाले सैनिक मञ्च टुँडिखेलमा २१ तोपको सलामी दिएको थियो । निवर्तमान राष्ट्रपति भण्डारीले आजै शीतल निवास छाड्नु भएको छ । उहाँलाई प्रधानमन्त्री प्रचण्डले उपहारसहित विदाइ गर्नुभएको थियो ।

निवर्तमान राष्ट्रपतिको सम्मानमा पनि नेपाली सेनाले सैनिकमञ्च टुँडिखेलमा २१ तोपको सलामी दिएको थियो । तस्विरः बालकोट

तस्विरमा हेर्नुहोस सपथग्रहण समारोह:

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);