सातै प्रदेशका प्रमुखले राष्ट्रपति भण्डारीबाट सपथ लिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

सातै प्रदेशका प्रमुखले राष्ट्रपति भण्डारीबाट सपथ लिए

काठमाडौं, ५ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशका प्रमुखहरुलाई आज पद तथा गोपनियताको सपथ खुवाएकी छन् । सरकारकोे सिफारिसमा राष्ट्रपति भण्डारीले प्रदेश प्रमुखलाई सपथ खुवाएकी हुन् ।

सरकारले एक नम्बर प्रदेशमा प्राध्यापक गोविन्द सुब्बा, २ नम्बरमा रत्नेश्वरलाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुखमा नियुक्त गर्न सिफारिस गरेको थियो । उक्त सिफारिसका आधारमा उनीहरुले प्रदेश प्रमुखको शपथ ग्रहण गरेका हुन् ।

प्रदेश प्रमुखको नियुक्ति सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रपति निवास शीतल निवासमा आयोजित कार्यक्रममा सातै प्रदेशका प्रमुखहरुले राष्ट्रपति भण्डारीबाट शपथ लिएका हुन्।

शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानन्यायाधीश गोपाल पराजुलीको उपस्थिति रहेको थियो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);