वाम गठबन्धनले कार्यदलको प्रतिवेदनलाई सामान्य हेरफेर गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

वाम गठबन्धनले कार्यदलको प्रतिवेदनलाई सामान्य हेरफेर गर्ने

KP-Oli-and-Prachanda

माघ ७ गते एकता संयोजन समिति बैठक बोलाउने निर्णय

काठमाडौं, ५ माघ । वाम गठबन्धनले राष्ट्रिय सभाको उम्मेदवार बाँडफाँडसम्बन्धी कार्यदलले दिएको प्रतिवेदनलाई सामान्य हेरफेर गरी अन्तिम रुप दिने भएको छ ।

कार्यदलको प्रतिवेदनमाथि छलफल गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले त्यसलाई सामान्य हेरफेर गरी अन्तिम रुप दिने सहमति गरेका हुन् ।

कार्यदलले राष्ट्रिय सभा निर्वाचनमा वाम गठबन्धनका तर्फबाट ४३ जना उम्मेद्वार हुने र त्यसमा एमालेले २९ तथा माओवादी केन्द्रले १४ सिट बाँडफाँड गर्ने सहमति गर्दै प्रतिवेदन बुझाएको थियो ।

बालकोटमा शुक्रबार  भएको भेटवार्ताका क्रममा दुई अध्यक्षबीच कार्यदलको प्रतिवेदनसँगै प्रदेश सरकार गठन र एकता प्रक्रियाबारे छलफल भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । एक महिनाभित्र प्रदेश सरकार पनि गठन गर्नुपर्ने भएकाले त्यसको पनि गृहकार्य गर्ने दुई अध्यक्षबीच सहमति भएको छ ।

प्रदेश सरकार र प्रदेशसभाका मुख्य पदमा कति सिट भागबन्डा गर्ने भन्नेमा दुई दलबीच सहमति हुन बाँकी छ । प्रदेश सरकारबारे पनि कार्यादलले प्रारम्भिक प्रस्ताव तयार पारी दुई अध्यक्षलाई बुझाउने छ । सरकार गठनसँगै पार्टी एकता प्रक्रियालाई अघि बढाउन एकता संयोजन समितिलाई सक्रिय बनाउन दुवै अध्यक्ष सहमत भएका छन् ।

माघ ७ गते एकता संयोजन समिति बैठक बोलाउने निर्णय

त्यसैले माघ ७ गते एकता संयोजन समिति बैठक बोलाउने निर्णय भएको ओलीका प्रेस संयोजक अधिकारीले बताए । संयोजन समितिमार्फत पार्टी एकता सम्बन्धि गृहकार्य गर्न एउटा संगठनात्मक र अर्को बैचारिक बिषय हेर्ने गरी कार्यदल बनाउने तयारी छ । अधिकारीका अनुसार एकता संयोजन समिति बैठकअघि दुई अध्यक्षबीच भोलि पनि छलफल हुने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);