वाम गठबन्धनको कार्यदलको बैठक आज बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

वाम गठबन्धनको कार्यदलको बैठक आज बस्दै

काठमाडौं, ३० पुष । राष्ट्रियसभा सदस्य निर्वाचनमा साझा उम्मेदवार तय गर्न वाम गठबन्धनको कार्यदलको बैठक आज बस्दै छ ।

पार्टी एकीकरण र सरकार गठन प्रक्रियालाईसँगै लैजाने तयारी गरेका बाम गठबन्धन कार्यदलले आज राष्ट्रिय सभामा साझा उम्मेदवार चयन र प्रदेशसभा गठनबारे छलफल गर्न लागेका हुन् । कार्यदलको वैठक सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यलयमा अपरान्ह ३ बजे बस्नेछ । आजको बैठकले राष्ट्रियसभा निर्वाचन र प्रदेशसभा बारे साझा धारणा तय गर्ने कार्यदल सदस्य एवं एमाले नेता सुवास नेम्वाङले जानकारी दिए।

यसअघि हिजो कार्यदल सदस्यले राष्ट्रिय सभा सदस्य निर्वाचन तयारी र प्रदेशसभा गठनबारे आ–आफ्नो पार्टीमा आन्तरिक छलफल गरेका थिए । एकता सम्वन्धी बिषयमा भने थाइल्याण्डमा उपचाररत एमाले अध्यक्ष केपी ओली स्वदेश फर्किएपछि मात्रै छलफल हुने कार्यदल सदस्य नेम्वाङले बताए ।राष्ट्रियसभाको सिट बाँडफाँडमा सहमति जुटाउने जिम्मा पाएको वाम गठबन्धनको कार्यदलले माघ दोस्रो साताभित्रै प्रतिवेदन तयार पार्ने भएको छ ।

कार्यदलले प्रदेश मुख्यमन्त्री, सभामुख र राष्ट्रियसभाको सिट संख्या बाँडफाँडको मापदण्ड तयार गरी नेतृत्वलाई माघ १० गते प्रतिवेदन बुझाउने तयारी गरेको हो । कार्यदलले पहिलो बैठकबाट प्रदेश सरकार र राष्ट्रियसभामा सिफारिसका लागि आवश्यक केही आधार तयार पारेको छ । ती आधारमाथि आज सिंहदरबारमा बस्ने बैठकमा विशेष छलफल गरिने कार्यदल सदस्य सुरेन्द्र पाण्डेले बताए । स्थानीय र प्रदेश निर्वाचनको परिणाम, एकताको भावना, योग्यता र सन्तुलनका आधारमा सिट बाँडफाँड गर्ने गरी तयारी भएको कार्यदलका अर्का सदस्य सुवासचन्द्र नेम्वाङले बताए ।

राष्ट्रियसभा निर्वाचनका लागि माघ १० गते उम्मेदवारको मनोनयनको मिति तोकिएको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा ६० र ४० प्रतिशत उम्मेदवार लिएर चुनावमा भाग लिएका एमाले र माओवादी केन्द्रले ७० र ३० प्रतिशत जित हासिल गरेका थिए । राष्ट्रियसभा निर्वाचनमा पनि ६०÷४० कै भागबण्डा गर्नेबारे एमाले र माओवादी नेताबीच अनौपचारिक सहमति भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली थाइल्याण्डबाट फर्किनुअघि नै कार्यदलले बाँडफाँडको टुंगो लगाउने नेताहरूले बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);