एकता कार्यदललाई ४ कार्यादेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

काठमाडौं, २७ पुष । एमाले र माओवादी केन्द्रले राष्ट्रिय सभा निर्वाचन, प्रदेशसभा गठन र प्रदेश सरकार निर्माणका लागि गृहकार्य गर्न बनेको संयुक्त कार्यदललाई चारवटा जिम्मेवारी दिएका छन् ।

एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बुधबार कार्यदलका सदस्यहरूसँग छलफल गरी कार्यादेश सुम्पेका हुन् । यो कार्यदलले राष्ट्रिय सभाको निर्वाचनमा साझा उम्मेदवार, प्रदेश सरकारको गठन, प्रदेशको मुख्यमन्त्री र सभामुखलगायत विषयमा साझा धारणा बनाएर पार्टी एकता संयोजन समितिमा प्रतिवेदन पेस गर्नुपर्नेछ । एकता संयोजन समितिको मंगलबारको बैठकले एमालेका सुवास नेम्वाङ, शंकर पोखरेल, सुरेन्द्र पाण्डे र माओवादी केन्द्रका रामबहादुर थापा, वर्षमान पुन र मातृका यादव संलग्न रहेको कार्यदल गठन गरेको थियो । अध्यक्ष ओली र दाहालले संयुक्त रूपमा बुधबार कार्यदलका नेताहरूलाई निर्देशन दिएका हुन् ।

निर्देशनअनुसार बिहीबारबाटै काम थाल्ने कार्यदल सदस्य पुनले बताए । बैठकमा कार्यदलले काम गर्ने आधार एवं राष्ट्रिय सभा र प्रदेशसभाका विभिन्न पदाधिकारीको व्यवस्थाबारे प्रारम्भिक छलफल भएको पुनले जानकारी दिए । प्रदेशसभा र स्थानीय तहमा दुवै दलले प्राप्त गरेको सिट संख्या र मतभारलाई आधार बनाएर, विभिन्न व्यक्तिले भोलिका दिनमा खेल्न सक्ने भूमिका ख्याल गरी प्रभावकारी ढंगले सरकार र संसद्मा नेतृत्व गर्न सक्नेलाई तथा एकताको गतिमा, दुवै पक्षको सन्तुलन ख्याल राखेर सिट विभाजन गर्न अध्यक्षहरूले निर्देशन दिएका छन् ।

एमाले नेता तथा कार्यदल सदस्य पोखरेलले प्रदेशसभा गठनका सन्दर्भमा निर्वाचनमा प्राप्त गरेको मतभारलाई आधार मान्दै एकताको भावनाले काम गर्ने निर्देशन दिएको उनले जानकारी दिए ।आजको कान्तिपुर पत्रिकामा यस्तो खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);