नेपाल विद्यार्थी संघभित्र चरम विवाद | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नेपाल विद्यार्थी संघभित्र चरम विवाद

काठमाडौं,३० पुष । सत्तारुढ नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघभित्र चरम विवाद देखिएको छ ।

पार्टीभित्र गुटको राजनीति मौलाउँदा त्यसको असर नेविसंघमा देखिएको हो । नेता रामचन्द्र पौडेल पक्षधर विद्यार्थीले अनुशासन समितिका नाममा अध्यक्ष नैनसिंह महरसँग स्पष्टिकरण माग गरेका छन् । पौडेल पक्षीय विद्यार्थीले सहमहामन्त्री राजेश रौनियारको संयाजकत्वमा समानान्तर अनुशासन समिति गठन गरेर अध्यक्ष महरलाई तीन दिने स्पष्टिकरण पत्र काटेको हो । महर पार्टी सभापति शेरबहादुर देउवा पक्षीय नेता हुन् ।

महरमाथि विधानविपरित समितिहरु गठन गरेको, आमन्त्रित केन्द्रीय सदस्य तोकेको, आर्थिक लेनदेनमा फसेको र स्थानीय, प्रदेश तथा प्रतिनिधिसभा चुनावमा पार्टीका उमेदवारहरुलाई हराउन संलग्न रहेको लगायत आरोप लगाइएको छ । पौडेल पक्षीय समानान्तर समितिले अनुशासन समितिकी संयोजक अम्बिका चलाउनेसँग पनि स्पष्टिकरण सोधेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);