वाम गठबन्धनको कार्यदल बैठक जारी, ७० र ३० प्रतिशत सिट बाँडफाँड गर्ने तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

वाम गठबन्धनको कार्यदल बैठक जारी, ७० र ३० प्रतिशत सिट बाँडफाँड गर्ने तयारी

काठमाडौं, ३ माघ । राष्ट्रिय सभाको सिट बाँडफाँड टुंगो लगाउन एमाले–माओवादी केन्द्रद्धारा गठित कार्यदलको बैठक जारी छ ।

एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी बैठकमा दुई पार्टीबीच ७० र ३० प्रतिशतको अनुपातमा राष्ट्रिय सभाको सिट बाँडफाँड गर्ने गरी छलफल भइरहेको बुझिएको छ । प्रत्येक प्रदेशमा रहेको मत संख्याको आधारमा राष्ट्रिय सभाको सिट बाँडफाँड गर्ने विषयमा दुवै पार्टी सहमत देखिएका छन् ।

कार्यदलले तयार पारेको प्रस्ताव दुवै पार्टीका अध्यक्षसँग परामर्श गरेर अन्तिम टुंगो लगाउने तयारी भईरहेको कार्यदलको संयोजकसमेत रहेका एमाले नेता सुवाष नेम्वाङले जानकारी दिए । राष्ट्रिय सभाको सिट बाँडफाँड गरेपछि प्रदेश सरकार र संसदको पनि पद बाँडफाँड गर्ने कार्यदलको तयारी छ ।

कार्यदलमा एमालेका नेम्वाङ, सुरेन्द्र पाण्डे र शंकर पोखरेल तथा माओवादी केन्द्रका रामबहादुर थापा, वर्षमान पुन र मातृका यादव रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);