एमाले र माओवादीबीच सिट बाँडफाँडमा सहमति : एमालेलाई २९ र माओवादीलाई १४ सिट | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

एमाले र माओवादीबीच सिट बाँडफाँडमा सहमति : एमालेलाई २९ र माओवादीलाई १४ सिट

bam

एमालेलाई २९ र माओवादीलाई १४ वटा सिट दिने निर्णय

काठमाडौं, ३ माघ । एमाले र माओवादी केन्द्रबीच राष्ट्रिय सभाको सिट बाँडफाँडमा सहमति जुटेको छ । एमाले र माओवादी केन्द्रबीच गठित कार्यदलको बुधबार बसेको बैठकले राष्ट्रिय सभाको सिट बाँडफाँडमा सहमति जुटाएको हो । ५६ वटा सिट संख्या मध्ये ४३ वटामा उम्मेदवारी दिने गरी सिट बाँडफाँड टुंगोमा पुर्‍याइएको एमाले नेता सुवाष नेम्वाङले जानकारी दिए ।

प्रदेशमा आएको चुनावी परिणामलाई मुख्य आधार बनाएर एमालेलाई २९ र माओवादी केन्द्रलाई १४ वटा सिट दिने निर्णय भएको छ । कार्यदलमा जुटाइएको सहमति दुई दलका शीर्ष नेतृत्वले अनुमोदन गरेपछि कार्यान्वयनमा लगिने एमाले नेता नेम्वाङले बताए । बैठकमा १३ वटा सिटमा भने अन्य दलहरुसँग पनि सहकार्य गरेर जान सकिने निष्कर्षमा कार्यदल पुगेको छ ।

कार्यदलले अर्को बैठकमा प्रदेश सरकार र प्रदेश संसदको पद बाँडफाँड गर्ने निर्णय गरेको छ । कार्यदललाई राष्ट्रिय सभाको सिट र प्रदेश सरकार तथा संसदको पद बाँडफाँड गर्न आवश्यक सुझाव दिने कार्यादेश दिइएको थियो । कार्यदलले जुटाएको सहमति एमाले अध्यक्ष केपी शर्मा ओली स्वदेश फर्केपछि दुई दलका शीर्ष तहले अनुमोदन गर्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);