प्रदेश राजधानी माग गर्दै बुधबारदेखि दाङ अनिश्चितकालीन बन्द | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

प्रदेश राजधानी माग गर्दै बुधबारदेखि दाङ अनिश्चितकालीन बन्द

दाङ, ३ माघ । प्रदेश राजधानी माग गर्दै बुधबारदेखि दाङ जिल्ला अनिश्चितकालीन बन्द गरिएको छ । दाङ राजधानी सरोकार समितिले प्रदेश नम्बर ५ को राजधानी दाङ हुनुपर्ने माग गर्दै अनिश्चितकालीन बन्द आह्वान गरेको हो ।

बन्दका कारण दाङका उद्योग, कलकारखाना, यातायात, शिक्षण संस्था र व्यापार–व्यवसाय पूर्ण रुपमा ठप्प छ । पूर्व–पश्चिम राजमार्गको दाङ जिल्ला खण्ड बन्द भएपछि लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेका छैनन् ।

जसका कारण पूर्व–पश्चिम राजमार्ग भएर यात्रा गर्ने यात्रुहरू बीचबाटोमा अलपत्र परेका छन् । सरकारले उच्च अदालत भएको जिल्ला दाङलाई छाडेर राजनीतिक पहुँचका आधारमा रुपन्देहीलाई प्रादेशिक मुकाम तोक्ने गृहकार्य अघि बढाएको भन्दै मंगलबारदेखि नै दाङमा आन्दोलन सुरु भएको थियो ।

आन्दोलनमा दाङ प्रादेशिक राजधानी सरोकार समिति, नागरिक समाज, राजनीतिक दल, उद्योगी–व्यवसायी, नागरिक समाजलगायतको सहभागिता छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);