अस्थायी राजधानी घोषणापछिको असर, आन्दोलनले उग्ररूप लिँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अस्थायी राजधानी घोषणापछिको असर, आन्दोलनले उग्ररूप लिँदै

tibra andholan

काठमाडौं, ५ माघ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशको अस्थायी राजधानी तोकेपछि त्यसका विरुद्ध ठाउँठाउँमा आन्दोलन शुरू भएको छ। सरकारले तोकेको राजधानी नमान्ने भन्दै प्रधानमन्त्रीको पुतला दहन गर्नेदेखि सरकारी कार्यालयमा आगो लगाउने, अनिश्चितकालीन बन्द गर्नेजस्ता क्रियाकलाप शुरू भएको छ।

प्रदेश नम्बर ७ मा सबैभन्दा उग्र विरोधका कार्यक्रम भएका छन् भने आन्दोलनकारी र प्रहरीबीच भएको झडपमा परी दर्जनभन्दा बढी घाइते भएका छन्। त्यहाँ प्रधानमन्त्री पत्नी आरजु देउवाले सञ्चालन गरेको गैरसरकारी संस्थामा आक्रमण गरी आगजनी गरेका छन्। त्यस्तै धनकुटामा प्रदेश नम्बर १ को राजधानी हुनुपर्ने माग गर्दै गरेको आन्दोलनका क्रममा झडप हुँदा दर्जनौं आन्दोलनकारी घाइते भएका भएका छन्।
डोटीबाट स्थानीय संवाददाता विमल विष्टले पठाएको समाचारमा प्रदेश नम्बर ७ को राजधानी दीपायल माग गर्दै आक्रोशित डोटीका आन्दोलनकारीले कांग्रेस नेतृ एवम् प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाको गैरसरकारी संस्था ग्रामीण विकास एकता केन्द्र रुडुकको कार्यालय जलाएका छन्। जिल्ला सदरमुकाम सिलगढीको तल्लो बजारमा रहेको कार्यालयको भवन निजीघर भएकाले उक्त संस्थाका फर्निचरहरू र साइनबोर्ड बाहिर निकालेर तोडफोड गरी जलाइदिएका हुन्।

दीपायलबाट राजधानी कैलाली खोस्नमा मुख्य हात राणाको भएको भन्दै आन्दोलनकारीले रुडुकमा तोडफोड र आगजनी गरेका हुन्। आन्दोलनकारीले अन्तर्राष्ट्रिय गैरसरकारी संस्था गुड नेवर्स इन्टरनेसनलको गाडीमा समेत तोडफोड गरेका छन्। तोडफोडबाट बा. ९ च ४५४८ नम्बरको गाडीमा क्षति भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

त्यसैगरी दाङ संवाददाता नरेन्द्र केसीका अनुसार प्रदेश मुकाम दाङमा तोक्नुपर्ने माग गर्दै दाङमा शुरू गरिएको अनिश्चितकालीन हड्ताल जारी रहेको छ।प्रादेशिक राजधानीको माग राख्दै मंगलबारदेखि शुरु गरिएको आन्दोलन जारी रहेको छ। आन्दोलनलाई अझ बृहत् बनाउने भन्दै उद्योग वाणिज्य संघको नेतृत्वमा रहेको प्रादेशिक राजधानी सरोकार समितिले गर्दै आएको आन्दोलनको जिम्मा बिहीबारदेखि दलहरूले लिएका छन्।

सर्वपक्षीय बैठकले आन्दोलनको नेतृत्व दलहरूले गर्ने निर्णय गरेको हो। जसअनुसार संयुक्त संघर्ष समितिको संयोजकमा नेकपा एमाले अध्यक्ष टीकाराम खड्का, उपसंयोजकमा नेपाली कांग्रेसका सभापति कृतिबहादुर खड्का र सचिव नेकपा माओवादी केन्द्रका जिल्ला सहइन्चार्ज निर्मल आचार्यलाई तोकिएको छ। त्यस्तै सदस्यहरूमा राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पाटी ‘प्रजातान्त्रिक’, नेकपा एमाले, दाङ जिल्ला उद्योग वाणिज्य संघ, तुलसीपुर उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ, नागरिक समाज, सामुदायिक वन उपभोक्ता महासंघ प्याब्सन एनप्याब्सनलाई सदस्यमा राखिएको छ।

संघर्ष समितिले आन्दोलन राजमार्ग केन्द्रित बनाउने निर्णय गरेको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत धानखोलादेखि पश्चिम शिवखोलासम्म हड्ताल केन्द्रित गरिएको संघर्ष समितिका सचिव आचार्यले जानकारी दिनुभयो। आन्दोलनमा जनप्रतिनिधि पनि आएका छन्। दाङ क्षेत्र नंं. १ का प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले दाङबासीले बाध्यतावश संघर्ष गर्नुपरेको बताउनुभयो। यो प्रदेशको केन्द्रबिन्दुमा पर्ने भएकाले दाङमै मुकाम हुनुपर्ने यहाँका बासिन्दाको माग छ।

त्यसै गरी २ नबर प्रदेशको राजधानी वीरगन्ज हुनुपर्ने भन्दै शुरु भएको आन्दोलनले तीव्रता लिएको छ। वीरगन्ज राजधानी नबनाएसम्म आन्दोलन जारी राख्ने निर्णय स्थानीय राजनीतिक दलले गरेका छन्।आजको नेपाल समाचारपत्रमा खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);