प्रदेश नम्बर सातको राजधानी दिपायल हुनु पर्ने माग राख्दै डोटीमा प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रदेश नम्बर सातको राजधानी दिपायल हुनु पर्ने माग राख्दै डोटीमा प्रदर्शन

डोटी, १९ पुष । सरकारले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेसँगै विभिन्न ठाउँमा आन्दोलन चर्किएको छ । प्रदेश नम्बर सातको राजधानी दिपायल हुनु पर्ने माग राख्दै डोटीमा संघर्ष समितिले बिहानै देखि प्रदर्शन चर्काएको हो ।

सरकारले प्रदेश ७ को अस्थायी मुकाम धनगढी बनाउने प्रस्ताव गरेसँगै डोटीबासीले आन्दोलन चर्काएका हुन् । आन्दोनकारीले पिपल्ला लगायतका बजारमा टायर बालेर प्रदर्शन गरेका छन् । दिपायल संघर्ष समितिले अनिश्चितकालीन जिल्ला बन्द गर्ने निर्णय समेत गरेको छ । राजधानी माग गर्दै संघर्ष समितिले एक हप्तदेखि प्रदर्शन गर्दे आएको छ ।

त्यस्तै प्रदेश नम्बर १ को राजधानी धनकुटा हुनुपर्ने माग राख्दै धनकुटाबासीले आमहड्ताले गरेका छन् । धनकुटाबासीले बिहानैदेखि धरान धनकुटामा प्रदर्शन गरेका छन् । सरकारले प्रदेश नम्बर १ को अस्थायी मुकाम विराटनगर बनाउने प्रस्ताव गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);