प्रदेशको राजधानी माग गर्दै वीरगञ्जमा बन्द आह्वान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

प्रदेशको राजधानी माग गर्दै वीरगञ्जमा बन्द आह्वान

वीरगञ्ज, २१ माघ । प्रदेश नम्बर २ को राजधानी माग गर्दै वीरगञ्ज बन्द गरिएको छ ।

राजधानी संघर्ष समितिले वीरगञ्जको घण्टाघर, मुर्ली चौक, पावर हाउस र बाइपास चोकमा टायर बालेर प्रदर्शन गरेका छन । प्रदेश सभाको पहिलो बैठक जनकपुरमा बसिरहेको बेला बैठकलाई दवाव दिन समितिले वीरगञ्ज बन्द गरेको हो । बन्दको अवज्ञा गरेको भन्दै आन्दोलनकारीले बिरामी बोकेको ना ३ च ३२९३ नम्बरको कार र एउटा भारतीय गाडी तोडफोड गरेका छन् ।

बन्दका कारण विद्यालयहरु खुलेका छैनन् भने सवारीका साधन ठप्प छन । संघर्ष समितिले राजधानी वीरगञ्ज हुनु पर्ने माग राख्दै विगत ३२ दिन देखि अनशन जारी राखेको छ । सरकारले २ नम्बर प्रदेशको अस्थायी राजधानी जनकपुर तोकेपछि आन्दोलन वीरगञ्जमा आन्दोलन चर्किएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);